२०८२–१०–२४ का दिन धनगढीमा प्लम्बर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम 𝐀𝐩𝐢 𝐒𝐚𝐢𝐩𝐚𝐥 𝐂𝐚𝐟𝐞, 𝐃𝐡𝐚𝐧𝐠𝐚𝐝𝐡𝐢 मा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सुमन मिश्र (मिश्र ट्रेड्स एण्ड सप्लायर्स) ले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा किशोर बोहरा (जय शुभ लक्ष्मी ट्रेडिङ एण्ड सप्लायर्स) को उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन बिमल खत्री ले गर्नुभएको थियो भने स्वागत मन्तव्य धर्म राज भण्डारी (एरिया सेल्स अफिसर, धनगढी) तथा राजेन्द्र सिंह ले राख्नुभएको थियो।
यस अवसरमा दिनेश राज बिष्ट (प्रमुख – सेल्स एण्ड मार्केटिङ) ले कम्पनी, उत्पादन, गुणस्तर, प्रयोग विधि तथा तालिम सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।




